लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा

२० माघ, बुटवल ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १५ मा प्रकाशित सूचनाअनुसार मिति २०८२ साल माघ २१ गते बुधबार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा सो दिन प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा निकायहरूमा सार्वजनिक बिदा रहने जनाइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) दाङबाट मिति २०८२ माघ १९ गते जारी गरिएको हो ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation