काठमाण्डाैँ लाई हराउँदै लुम्बिनी क्वालिफायरमा, फाइनल पुग्न विराटनगरसँग खेल्ने

काठमाडौं, २४ मङ्सिर ।

एनपीएल-२  अन्तर्गत काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  फाइनल प्रवेशका लागि बिहीबार लुम्बिनीले विराटनगर किङ्‍गससँग खेल्नेछ ।

काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

अब फाइनल प्रवेशका लागि लुम्बिनीले विराटनगर किंग्सको सामना गर्नेछ । पराजित काठमाण्डू प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न इलिमिनेटरमा काठमाण्डूले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीका लागि डार्शी शर्टले ३३, सन्दीप जोराले २३, कप्तान रोहितमुमार पौडेलले १८ र निरोशन डिकवेलाले १४ रन बनाए ।

काठमाण्डूका लागि सन्तोष यादवले दुई तथा सन्नी पटेल, शाहब आलम र कप्तान करण केसीले एक–एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाण्डू १९.१ ओभरमा १ सय ११ रनमै समेटिएको थियो ।

काठमाण्डूका लागि सन्तोष यादवले २३, मोहम्मद आदिल आलम र जोहन सिम्पसनले १८–१८ र भीम सार्कीले १४ रन बनाए ।

लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले तीन–तीन तथा रुबेन ट्रम्पलम्यानले दुई तथा अभिषेश गौतमले एक विकेट लिए ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation