मौद्रिक नीतिमा परिमार्जन : लघुवित्तको धितो कर्जा सीमा १५ लाख पुर्‍याइयो

काठमाडौँ ।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रैमासिक समीक्षामा लघुवित्तले धितोमा दिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याउने नीतिगत परिवर्तन गरेको उल्लेख छ ।

नीतिगत व्यवस्थामा भनिएको छ, “लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ ।”

राष्ट्र बैंकका अनुसार लघुवित्तबाट ऋण लिएका ऋणीहरूको कर्जा भुक्तानीमा देखिएको चापलाई ध्यानमा राख्दै भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था समेत लागू गरिनेछ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation