
काठमाडौँ ।
गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराले पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूका लागि नयाँ विज्ञापन जारी गरेको छ । विज्ञापन नं. १२१/०८०–८१ देखि १२८/०८०–८१ सम्मका पदहरू समावेश रहेका छन् ।
स्थानीय सेवा अन्तर्गत सिभिल इन्जिनियर, कृषि सहायक, पशु स्वास्थ्य प्राविधिक, ता.प्रा.डि.डि., प्रशासन सहायक, स्वास्थ्य सेवा र रेडियोग्राफर लगायतका पदमा दरखास्त माग गरिएको छ ।
आवश्यक योग्यता, दस्ताबेज, दरखास्त शुल्क तथा अनलाइन आवेदन प्रक्रिया सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइट https://ppsc.gandaki.gov.np मा प्रकाशित गरिएको छ ।
इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र अनिवार्य रूपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।













