शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा

काठमाडौँ ।

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २,६०० दशमलव २२ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहका शेयर बढेका छन् । यसमध्ये जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ । आज २३७ वटा कम्पनीका शेयर बढेका छन् भने १८ वटा कम्पनीका शेयर घटेका छन् । यस्तै, २ वटा कम्पनीका शेयरमा कुनै परिवर्तन भएको छैन ।

आज सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जी कम्पनीका शेयर १० प्रतिशतले बढेका छन् । बजार उच्च अङ्कले बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ७ दशमलव ६५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३३४ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation