देशभरका ५ भर्ती केन्द्रमार्फत नेपाली सेनामा ७८२ जनाको नयाँ भर्ना खुला ( सुचीसहित )

काठमाडौँ ।

नेपाली सेनाले सैन्य र विभिन्न ट्रेडका पदमा ठूलो संख्यामा जनशक्ति भर्ना गर्न खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।

जंगी अड्डा, श्री भर्ती छनौट निर्देशनालयद्वारा प्रकाशित विज्ञापन अनुसार काठमाडौं, भक्तपुर, भरतपुर, सुर्खेत र दाङका पाँच केन्द्रबाट फारम भर्न सकिने व्यवस्था गरिएको छ ।

विज्ञापन नं. ०५२/८१/८२ अनुसार सैनिक तालिम वा कार्य सम्पादनका क्रममा मृत्यु भएका वा अस्वस्थ नेपाली सैनिकका सन्तानलाई समेट्दै खुला तथा समावेशी कोटाबाट कुल ७८२ पद माग गरिएको छ ।

यसमा महिला, आदिवासी/जनजाति, मधेसी, दलित तथा पिछडिएको क्षेत्रका लागि छुट्टै कोटा निर्धारण गरिएको छ ।

फारम सम्बन्धित केन्द्रमा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation