
२६ कात्तिक, काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।
कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजार लगातार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भयो ।
४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । उत्पादन समूहबाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ ।
त्यस्तै, व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घटेका छन् ।
चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशतले बढ्यो । यी मध्ये भूगोल इनर्जी बाहेक अन्य तीन कम्पनी हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।
अपर सोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ५.३१, नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य ३.७५ प्रतिशतले बढेको छ ।
दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेको छ । माबिलुङ इनर्जीको मूल्य ८.२१ र मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् ।












