
काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको सरुवा पनि गरिएको छ ।
त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका र मेधाङ गाउँपालिका रहेका छन् ।
अर्कोतर्फ, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका र रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।
जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको पनि सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।












