काठमाडौँ ।
स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर पाँचौँ तहका पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धात्मक लिखित परीक्षा सञ्चालन हुने भएको छ।
लोक सेवा आयोगले सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
सूचना अनुसार स्थानीय इन्जिनियरिङ (सिभिल) सेवा अन्तर्गत सब इन्जिनियर पदका लागि खुला, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र अपाङ्गता भएका उम्मेदवारका लागि छुट्टाछुट्टै कोटामा पद संख्या तोकिएको छ। साथै स्थानीय इन्जिनियरिङ/सिभिल/भि.एण्ड.ए. सेवामा पनि सब इन्जिनियर पद माग गरिएको छ।
यसैगरी स्थानीय कृषि सेवातर्फ प्राविधिक सहायक पदका लागि कृषि तथा कृषि प्रसार, बागवानी, बाली संरक्षण, बाली विकास तथा माटो विज्ञान समूहअन्तर्गत विभिन्न पदहरू खुलाइएको छ।
आवेदन दिन इच्छुक न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली (psconline.psc.gov.np) मार्फत आवेदन दिनुपर्नेछ। परीक्षा सम्बन्धी विस्तृत विवरण, पद संख्या, आरक्षण व्यवस्था तथा अन्य सर्तहरू आयोगको सूचनामा उल्लेख गरिएको छ।
उक्त अवसरले स्थानीय तहमा प्राविधिक जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सूचना विभाग दर्ता नं: ४१३९ – २०८० -२०८१
प्रेस काउन्सिल दर्ता नं : ४१५० -२०८० /८१
Chairman: Muna Panthi
KAPILBASTU , NEPAL
01-xxxxx, 01-xxxxx
[email protected] [email protected]
[email protected]
[email protected]
[email protected]
प्रधान सम्पादक : Muna Gautam
समाचार सम्पादक : xxxxx
वरिष्ठ संवाददाता : xxxxx
राजनीतिक विश्लेषक : xxxxx
मनोरञ्जन : xxxxx
बजार व्यवस्थापक:xxxx
यूरोप प्रतिनिधि: xxxxx
कानूनी सल्लाहकार:xxxxx
सल्लाहकार: xxxxxxx