निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन सुरु प्रधानमन्त्री केपी शर्मा ओली द्धारा उद्घाटन

नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन आजदेखी काठमाडौँमा सुरु भएको छ संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अभियान” भन्ने नाराका साथ आजदेखी महाधिवेशन सुरु भएको हो । महाधिवेन काठमाडौँको राष्ट्रिय सभा गृहमा दुई दिन सम्म चल्नेछ आयोजना गरिने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । कार्यक्रममा देशभरका १००० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरूसहित विभिन्न स्वदेशी तथा विदेशी अतिथिहरूको सहभागिता रहने नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ । संगठनका उप महासचिव रामचन्द्र अधिकारीले प्रदेश, जिल्ला तथा विभागीय कार्यसमितिहरूले अधिवेशन सम्पन्न गरि महाधिवेशनमा प्रतिनिधि र परेवेक्षकको सहभागीता भएको बताउनुभयो । साथै उहाँले कोशी प्रदेशमा अध्यक्ष हरि सुवेदी र महासचिव कुमारसिंह खत्री, मधेस प्रदेशमा अध्यक्ष जितनारायण भगत र महासचिव अरविन्द साह, बागमती प्रदेशमा अध्यक्ष बरुण कुमार साह र महासचिव टेकनाथ काफ्ले, लुम्बिनी प्रदेशमा अध्यक्ष नेत्रप्रसाद आचार्य र महासचिव भीमलाल खनाल, गण्डकी प्रदेशमा अध्यक्ष डोलराज पराजुली र महासचिव विष्णुदेवी अधिकारी, कर्णाली प्रदेशमा अध्यक्ष राजेश आचार्य र महासचिव प्रकाश शर्मा अधिकारी, सुदूरपश्चिम प्रदेशमा अध्यक्ष महादेव जोशी र महासचिव धर्म चौधरी तथा उपत्यका प्रदेशमा अध्यक्ष कृष्णराज कँडेल र महासचिव सूर्य बहादुर ठटाल निर्वाचित भएको जनाउनुभएको छ । १२औँ महाधिवेशनमार्फत संगठनले आगामी कार्यकालका लागि १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष ९१ महिला सहित०, ८ प्रदेश इन्चार्ज, १ महासचिव, ३ उपमहासचिव ९१ महिला सहित०, ६ सचिव ९१ महिला सहित०, १ कोषाध्यक्ष, १ सह कोषाध्यक्षसहित १४१ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ। त्यस्तै, लेखा परीक्षण आयोग, नीति आयोग र अनुशासन आयोग गरी तीन वटा आयोगमा १–१ संयोजक, १–१ सचिवसहित ५–५ सदस्यीय आयोग निर्वाचित गरिनेछ। नयाँ कार्यसमितिको पदावधि ३ वर्षको हुनेछ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation