सर्वोच्च अदालतले सरुवा हुन चाहाने तृतिय श्रेणीका शाखा अधिकृतहरुका लागि सरुवाको निवेदन पेश गर्ने अनुरोध गरेको छ । सर्वोच्च अदालतले एक सुचना जारी गर्दै चार बर्ष सेवा अवधि पुगेका राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुको अनिवार्य सरुवा गरिने भएकोले अनिवार्यरुपमा निवेदन पेश गर्न भनिएको छ । साथै यस अघि सरुवाका लागि निवेदन पेश गर्न भनिएकोमा उपत्यकामा रहेका अधिकृतहरुले निवेदन पेश नगरेकोले मधेश प्रदेशका अदालतलाई पहिलो प्रथामिकतामा राखी निवेदन पेश गर्न भनिएको छ । सर्वोच्च प्रशासनले राजपत्रं राजपत्र अनंकित नायब सुब्बा र खरिदार तहका कर्मचारीको पनि ठुलो सङ्ख्या सरुवाको लागि तयारी गरेको छ । केहिदिन भित्र सहायकस्तरका कर्मचारीहरुको सरुवा गर्ने गरि तयारी भैरहेको जनाइएको छ ।