नापी कार्यालय घोराहीमा कार्यरत कर्मचारी माथि भएको दुव्यवहार प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत रुपमा फिल्डमा खटिएर काम गरिरहेको समयमा छलफल र समझदारीका प्रसस्त कानुनी सम्भावनाहरु हुँदाहुदै पनि गालीगलौज र अमानविय कार्य गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन दानले दुख व्यक्त गर्दै दोषिहरुलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ । नेपाल निजामती कर्मचरी संगठन जिल्ला कार्य समिती का अध्यक्ष शेर बहादुर केसी द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रसेवक कर्मचारीले काम गर्ने कार्यवातावरण भयरहित र सुरक्षित बनाउन समेत सरोकारवाला सम्पुर्णमा अनुरोध गरिएको छ ।