स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको राष्ट्रिय भेला चैत्र १६ गते काठमाडौँमा हुने

स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको राष्ट्रिय भेला चैत्र १६ गते काठमाडौँमा हुने भएको छ । कर्र्मचारी समायोजन ऐनले कर्मचारीहरुलाई स्थानीय तहमा समायोजन गरेपछि ठुलो संख्यामा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको वृद्धि विकास रोकिएको छ । स्थनीय तहमा समायोजन भएका कर्मचारीहरुले आफुहरु अन्याएमा परेको बताउदै आएका छन । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको अन्य वृद्धि विकास मात्रै होइन सामान्य सरुवा र बढुवा समेत रोकिएको छ । बर्षौदेखि समायोजन भएको एउटै स्थानीय तहमा बस्दा स्थानीय तहका कर्मचारीहरुले विभिन्न समस्याहरु भोग्न बाध्य भएका छन । यसरी स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु समेत संगठित र एकिकृत हुनु थालेका छन । यसै सन्दर्भमा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले चैत्र १६ गते काठमाडौँ स्थित नेपा प्रज्ञा प्रतिष्ठानमा भेला गर्ने भएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई हल उपलब्ध गराएको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको भेलाको संयोजन तथा व्यवस्थापन गुमानसिंह जोराले गरेको जनाइएको छ । स्थानीय तहका कर्मचारीहरु लामो समयसम्म एउटै स्थानीय तहमा बसेर काम गर्दा कर्मचारीहरुमा वितृष्णा पैदा हुन पुगेको छ । निजामती सेवा ऐन वमोजिम जागिर खाएर पनि स्थानीय तहका कर्मचारीलाई समायोजनको नाममा बन्धक बनाँइएको कर्मचारीहरुको गुनासो छ । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीहरुको समग्र वृद्धि विकासमा बाधा सृजना हुनुका साथै प्रशासनिक संघियता पनि पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation