स्थानीय तहका कर्मचारीको शुक्रबार तौलिहवामा जिल्ला भेला हुने

स्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुको जिल्ला भेला हुने भएको छ । यहि पौष ६ गते शुक्रवार कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम हुन लागेको हो । स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तिका लागी जिल्लाभरका स्थानीय तहका कर्मचारीलाई सगठित गर्ने अभिप्रायले जिल्ला भेला आयोजना गरिएको जनाईएको छ । सघ प्रदेश र स्थानीय तहका कर्मचारीहरुको समान अधिकार र समान व्यवहारका लागी निजामती सेवा ऎनमा समान व्यवस्था हुनुपर्ने माग गर्दै देशभरका स्थानीय तहका कर्मचारीहरु सगठित हुन थालेका छन । लामो समयसम्म ऎन आउन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकारबाट समेत बन्चित भएका छन । अधिकार प्राप्तिका लागी स्थानीय तहका कर्मचारीहरुले माईतिघरमा बिशाल प्रदर्सन समेत गरेका थिए । यसैबीच सम्पुर्ण स्थानीय तहका कर्मचारीलाई शुक्रवार बिहान ११ बजे कपिलवस्तु नगरपालिकाको सभाहलमा उपस्थित हुन  जिल्ला सयोजक राजेश कुमार शैनीले अनुरोध समेत गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation