तत्काल स्थानीय सेवा ऐन जारी गर्न लुम्बिनी प्रदेश सरकारलाइ कर्मचारी संगठनको माग

नेपाल निजामती कर्मचारी संगठनले तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेको छ । प्रदेश निजामती सेवा ऐन जारी भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भैसक्दा समेत स्थानीय सेवा ऐन जारी हुन नसक्नु दुखद भएको संगठनले जनाएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती रुपन्देही र कपिलवस्तुले विज्ञप्ती निकाल्दै स्थानीय सेवा ऐन जारी गर्न लुम्बिनी प्रदेश सरकार सँग माग गरेका छन । संविधान जारी भएको लामो समय सम्म पनि निजाामती सेवा ऐन जारी हुन सकेको छैन । लुम्बिनी प्रदेशमा भने प्रदेश निजामती सेवा ऐन जारी भएतापनि स्थानीय सेवा ऐन जारी हुन सकेको छैन । केहि प्रदेशहरुले स्थानीय सेवा ऐन ल्याएर कर्मचारी प्रशासनलाई अघि बढाएता पनि लुम्बिनी प्रदेश सरकारले भने स्थानीय सेवा ऐन ल्याउन सकेको छैन । स्थानीय सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारी हरुको सरुवा समेत हुन सकेको छैन । यसैबिच नेपाल निजामती कर्मचारी संगठनका विभिन्न जिल्लाबाट जारी भएका विज्ञप्तीहरुले लुम्बिनी प्रदेश सरकारलाई स्थानीय सेवा ऐन तत्काल जारी गर्न र प्रमाणीकरण भएको प्रदेश निजामती सेवा ऐन तत्काल राजपत्रमा प्रकाशित गर्न संगठनले माग गरेको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation