लुम्बिनीमा प्रदेश निजामती ऎन आउँदा स्थानीय सेवा ऎन किन ओझेलमा : कर्मचारी संगठन

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गर्दा स्थानीय सेवा ऎन जारी गर्न नसकेको विसयमा नेपाल निजामती कर्मचारी सगठनले चासो व्यक्त गरेको छ । नेपाल निजामती कर्मचारी सगठनले एक विज्ञप्ती जारी गर्दै स्थानीय निजामती सेवा ऎन छिटो जारी गर्न माग गरेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा ऎन जारी भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भैरहदा स्थानीय सेवा ऎन ओझेलमा पर्नु दु:खद भएको नेपाल निजामती कर्मचारी सगठनले जनाएको छ । नेपाल निजामती कर्मचारी सगठन रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा ऎनलाई राजपत्रमा प्रकाशित गर्दै सङसङै स्थानीय सेवा ऎनलाई समेत छिटो भन्दा छिटो जारी गर्न संगठनले माग गरेको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रेम खनाल र सचिव जिवन पौडेलले सयुक्त हस्ताक्षर गर्दै जारी गरिएको विज्ञप्तिमा स्थानीय तहका कर्मचारीलाई छिटो भन्दा छिटो ऎन जारी गरेर उचित व्यवस्थापन गर्न माग गरिएको छ ।

यसैबीच नेपाल निजामती कर्मचारी सगठन रुपन्देहीले प्रदेश निजामती सेवा ऎनमात्र जारी हुँदा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरेको आभास भएको भन्दै छिटोभन्दा छिटो स्थानीय सेवा ऎन जारी गर्न जोडदार माग गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच कर्मचारी समायोजन ऎन अनुशार प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु ऎन अभावको कारणले सरुवा बढुवाजस्ता सामान्य वृद्धि विकासबाट समेत वन्चित भएका छन । लामो समयसम्म सरुवा हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु राजनैतिक दावब र प्रभावमा परि कार्यसम्पादन गर्न बाध्य भएका छन ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation