कर्मचारी संगठनले वृहत सास्कृतिक कार्यक्रम गर्ने, दर्जनौ राष्ट्रिय कलाकारको प्रस्तुती रहने

निजामती कर्मचारी संगठनले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीको आयोजनामा मंसिर ३० गते वृहत सास्कृतिक कार्यक्रम हुन लागेको हो । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हक अधिकारका लागि विभिन्न काम गर्नुका साथै विभिन्न रचनात्मक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । यसैबिच नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीले मंसिर ३० गते नेपाल प्रज्ञाप्रतिष्ठानमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको नेपाल निजामती कर्मचारी संगठनका उप महासचिव आर सि अधिकारीले जानकारी दिनुभयो । मंसिर ३० गते हुने वृहत सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकाले कार्यक्रममा उपस्थित हुनका लागि संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सबैलाई अनुरोध समेत गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले विभिन्न समयमा पेशागत आन्दोलन सँगसगैँ रचनात्मक क्रियाकलाप समेत गर्दै आइरहेको छ । सास्कृतिक कार्यक्रममा मनाेज गजुरेल,रचना रिमाल वैगुन्ठ महत लगाएतका दर्जनाै कलाकारकाे प्रस्तुती रहने नेपाल निजामती कर्मचारी संगठनले जनाएकाे छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation