बिपदको समयमा बिदामा नबसी राहत र उद्धारमा सरिक हुन सामान्य प्रशासन मन्त्रालयको अनुरोध

सामान्य प्रशासन मन्त्रालयले बिपदको समयमा बिदामा नबसी राहत र उद्धारमा सरिक हुन स्थानीय तहका कर्मचारीहरुलाई अनुरोध गरेको छ । बझान केन्द्रबिन्दु भएर गएको भुकम्पले प्रभावित क्षेत्रका कर्मचारीहरुलाइ विपदको समयमा सक्दो सहयोग गर्न राहत र उद्धारको कार्यमा खटिन अनुरोध गरेको छ । साथै मन्त्रालयले तत्काल बिदामा नबस्न समेत अनुरोध गरेको छ । एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation