आईतवार बिहान प्युठानको खलंगा निकै रंगीचंगी र मनमोहक देखियो । सयौंको सङ्ख्यामा बजारभरी टागिएका रंगीचंगी छाताहरुले बजारको स्वरुपलाई निकै आकर्षक बनाएको थियो । आइतबारका लागी नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश कार्यसमितिले प्युठानको खलंगामा बैठक आयोजना गरेको थियो । सोही अवसरमा खलंगामा अन्तर खलंगा आवासीय समाजले समन्वय गरेको कार्यक्रममा नेपाल निजामती कर्मचारी सगठनले समेत सहयोग गरेको छ । बैठकका अवसरमा अम्ब्रेला स्ट्रीट निर्माणका लागि पाच हजार रुपैयाको चेक हस्तान्तरण गरिएको प्रदेश कोषाध्यक्ष बाबुराम बस्यालले जानकारी दिनुभयो । प्रर्यटन प्रर्वद्वन गर्ने उद्घेेश्यले प्रदेशका सबै जिल्लामा पालैपालो बैठक आयोजना गरिएको प्रदेश अध्यक्ष खगराज उपाध्ययले बताउनु भयो । निजामती कर्मचारीको पेशागत हक अधिकार प्राप्ति सङ्ग सङ्गै अन्य रचनात्मक कार्यक्रममा समेत कर्मचारी संगठनले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको निजामती कर्मचारी संगठनका प्रदेश महासचिव नेत्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।
हेर्नुहोस तस्वीरहरु