वार्ता सँगै आन्दोलनलाई जारी राखिने ः लिखित सम्झौता नहुदासम्म आन्दोलनलाई निरन्तरता दिन अनुरोध (विज्ञप्तीसहित)

स्थानीय तहका कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले वार्ताका लागि पत्र लेखेको छ । मन्त्रालयले सहसचिव कमल प्रसाद भट्टराइको संयोजकत्वमा वार्ता गर्न समिती बनाएर आन्दोलनरत कर्मचारीहरुलाई वार्ताका लागि बोलाएको छ । यसै स्थानीय तहका कर्मचारीहरुले पनि वार्ता सँग सगै आन्दोलनलाई पनि जारी राख्ने जनाएका छन । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितीका संयोजक दिपक गौतम र महासचिव दिपक सिहं धामीले एक सयुक्त विज्ञप्ती जारी गर्दै वार्ता सुरु भएको र केहि बुदामा छललफ भई वार्ता सकारात्मक रुपमा अगाडी बढेको जनाइएको छ । साथै विज्ञप्तीमा सडक सर्घषलाई वार्ता सम्पन्न भई लिखित सम्झौता नहुदासम्म निरन्तरता दिन अुनरोध गरिएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation