आन्दोलनरत कर्मचारी माथि प्रहरीको दमन दर्जन बढी घाइते

विभिन्न माग राख्दै सडक आन्दोलनमा उत्रिएका कर्मचारीहरु माथि प्रहरीले पानीको फोहोरा प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । आन्दोलनरत कर्मचारीहरुले निजामती सेवा ऎनको विषयलाई लिएर आन्दोलनमा उत्रिएका हुन । कर्मचारी आन्दोलनमा प्रहरीले दमन गरेको र ठुलो सङ्ख्यामा आफ्ना कर्मचारी साथीहरू घाइते भएको सयोजक दिपक गौतमले जानकारि दिनुभयो ।  आन्दोलनरत कर्मचारीहरुले निशेधित क्षेत्र तोड्न खोजेपछि आन्दोलनमा कर्मचारी र सुरक्षाकर्मी बीच धकेलाधकेल समेत भएको थियो ।  स्थानीय तह कर्मचारी आन्दोलन केन्द्रिय संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै प्रहरी दमनको भर्सना समेत गरेको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation