कोटहिमाई गाउँपालिका रुपन्देहीका कर्मचारीहरु आन्दोलित

रुपन्देहीको कोटहिमाई गाउँपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन । एकीकृत निजामती सेवा ऎन मार्फत संघ,प्रदेश र स्थानीय तहमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई निजामतीको परिभाषामा समेट्न माग गरेका छन । एक विज्ञप्ती जारी गर्दै शुक्रबारबाट अत्यावश्यक बाहेकका अन्य कामकाज ठप्प पार्ने गरि पेनडाउन गर्ने सम्मको तयारी छ । स्थानीय तहका कर्मचारीहरुको केन्द्रिय आन्दोलनको कार्यक्रमलाई कोटहिमाई गाउँपालिकाका कर्मचारीहरुले पनि ऎक्यवद्धता जनाएका हुन । स्थानीय तहका कर्मचारी आन्दोलनका लागी गठित केन्द्रिय संघर्ष समितिको निर्णय अनुशार देशभरका स्थानीय तहमा पेन डाउन गर्ने कार्यक्रम छ । निजामती सेवा ऎनले आफुहरुलाई परिभाषित गर्ने नखोजेको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन । ऎनको अभावले गर्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकार बाट समेत बन्चित भएका छन । निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु निकै अप्ठ्यारोमा परेका छन । सेवाको सुरक्षा र वृत्ती विकास जस्ता आधारभुत सुविधा बाट बन्चित हुन पुगेका छन भने निजामती अस्पतालको सहुलियतपूर्ण सुबिधा समेत लिन पाएका छैनन् । लामो समय देखी सरुवा नहुदा  बर्षाै देखि एउटै स्थानीय तहमा बस्न बाध्य छन । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु लाई फरक व्यवहार गरिएको भन्दै देशभरका रास्ट्रसेवक कर्मचारीहरु आन्दोलित भएका हुन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation