भरतपुरका कर्मचारीले स्थानीयका मागहरु नगरप्रमुख दाहाललाई जानकारी गराउदै सहजिकरणका लागि अनुरोध गरेका छन

भरतपुर महानगरपालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको माग र चलिरहेको आन्दोलन बारे नगर प्रमुख रेणु दाहाललाई जानकारी गराएका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले चरणबद्ध आन्दोलन गरिरहेकै अवस्थामा भरतपुर नगरपालिकाका कर्मचारीहरुले पनि स्थानीय तहका कर्मचारीहरुले भोग्नुपरेका समस्या र उठाएका मागहरु बारे मेयर दाहाललाई जानकारी गराएका हुन । स्थानीय तहका कर्मचारीरुले बुझाएको पत्र बुझ्दै मेयर दाहालले तिनै तहमा कार्यरत कर्मचारीहरुलाइ समान व्यवहार हुने खालको ऐन आउनुपर्ने बताउदै आफुले समेत सक्दो पहल गर्ने समेत बताउनु भएको सामाजिक सञ्जाल मार्फत महानगरका कर्मचारीहरुले जनाएका छन । स्थानीय तहका कर्मचारीहरुको मागबारे महानगर प्रमुख दाहाल लाई जानकारी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी हुने र माग पुरा हुने विश्वास गरिएको छ । मेयर दाहाल लाइ स्थानीय तहका कर्मचारीको माग र आन्दोलन बारे जानकारी हुँदा माग पुरा गर्न सजिलो हुने भन्दै खुशी व्यत्त गरिएको छ ।
निजामती सेवा ऐन भनेर संघीय सरकार अन्तर्गतका कर्मचारीहरुलाइ मात्रै समेटेर ल्याउन खोजिएको निजामती सेवा ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेट्न नसकेको भन्दै स्थानीय तहका कर्मचारीहरुले असन्तुष्टि जनाउदै आएका छन । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीहरुको सरुवा वढुवा र समग्र वृद्धि विकासमा गम्भिर असर परेको छ । स्थानीय तहका कर्मचारीहरुको सरुवा समेत हुन सकेको छैन । केहि प्रदेशले ऐन जारी गरेर सरुवालाई व्यवस्थित बनाउने प्रयास गरेपनि अझ केहि प्रदेशहरुले समेत निजामती सेवा ऐन जारी गर्न सकेका छैनन । लोक सेवा आयोगबाट र विभिन्न प्रदेश लोकसेवा आयोग बाट स्थानीय तहमा सिफारिस भएका कर्मचारीहरुले निजामती अस्पतालले दिने सहुलियत र अस्पतालको सुविधा लिनबाट समेत बञ्चित भएका छन । निजामती कर्मचारी अस्पतालले कानुनी व्यवस्था नभएको भन्दै स्थानीय तहमा सिफारिस भएका कर्मचारीको अस्पताल कार्ड समेत बनाउन मानेको छैन । यसरी स्थानीय तहका कर्मचारीहरुले विभिन्न  माग राख्दै काठमाडाैँ केन्द्रित आन्दोलनमा उत्रिएका हुन । जसमध्ये संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन भनेर नाम राख्न माग गरेका छन । संघ प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुलाई निजामतीको भरिभाषा भित्र समेट्न  पनि माग गरेका छन । तिनै तहमा तहगत प्रणाली लागु गर्न पनि माग  कर्मचारीहरुले गरेका छन । त्यस्तै स्थानीय तहका कर्मचारीहरुले सरुवा बढूवा सेवाको सुरक्षा तालीम जस्ता विभिन्न माग राखेका छन । यसरी स्थानीय तहका कर्मचारीहरुले विभिन्न माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका हुन । पुर्वको मेचीदेखी पश्चिमको महाकाली सम्म सातै प्रदेशका विभिन्न जिल्लाका स्थानीयत तहमा कार्यरत कर्मचारीहरुले जिल्ला सर्घष समीती निमार्ण गर्दै माग पुरा गराउन काठमाडौँ केन्द्रित भएका छन । लामो समयसम्म दबिएर बसेका स्थानीय तहका कर्मचारीहरुले पछिल्लो समयमा भने आफ्नो अधिकार प्राप्तीका लागि आवाज निकाल्न थालेका छन । स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा र सेवाको सुरक्षा जस्ता आधारभुत अवसरबाट समेत बञ्चितीकरणमा परेका छन ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation