स्याङ्जाको पुतलीबजार नगरपालिकाका कर्मचारीले आन्दोलनमा एक्यवद्धता जनाएका छन

स्याङ्जाको पुतलीबजार नगरपालिकाका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । विभिन्न माग राख्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन । देशभर बाट काठमाडौ केन्द्रित भएर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका छन । कार्यक्रम अनुशार देशैभरका स्थानीय तहहरुमा बिरोध कार्यक्रम गर्ने योजना स्थानीय तहका कर्मचारीको छ । यसैबीच स्याङ्जाको पुतलीबजार नगरपालिका कर्मचारीले पनि हातमा कालोपट्टी बाधेर केन्द्रिय आन्दोलनको कार्यक्रमलाई एक्यवद्धता जनाएका हुन । निजामती सेवा ऎनको अभावमा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य सेवा सुबिधा बाट समेत बन्चित भएका छन ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation