शनिवार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय कर्मचारीको भेला धेरै भन्दा धेरै कर्मचारीलाइ उपस्थित हुन अनुरोध

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनको अन्तिम तयारीमा जुटेका छन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्य शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गर्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन । जसका लागि देशका विभिन्न भागबाट स्थानीय तहका कर्मचारीहरु काठमाडौँ केन्द्रित भएका छन । स्थानीय तहका कर्मचारीहरुले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा तयारी भेला गर्ने र केन्द्रिय स्तरमा सर्घष समिती समेत बनाउने जनाएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानमा हल बुक गरेर स्थानीय तहका कर्मचारी त्यहि जम्मा हुन लागेका हुन । स्थानीय कर्मचारीहरुको आन्दोलनका स‌ंयोजनकर्ता दिपक गाैतमले सामाजिक सन्जालमा एक सन्देश जारी गर्दै धेरै भन्दा धेरै कर्मचारी साथीहरुलाइ उपस्थित हुन अनुरोध गर्नुभएको छ । शनिवार दिउँसो १ बजे हुने प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा सम्पुर्ण कर्मचारीलाइ उपस्थित हुन अनुरोध गरिएको छ ।  देशका विभिन्न स्थानीय तहबाट कर्मचारीहरु प्रतिनिधिमुलक रुपमा काठमाडौँ केन्द्रित भएका छन । पालीका र जिल्ला स्तरमा समेत सघर्ष समिती गठन गरेर विभिन्न दबावमुलक कार्यक्रम समेत गरेका स्थानीय तहका कर्मचारीहरु निर्णायक आन्दोलनका लागि काठमाडौँ केन्द्रित भएका हुन ।देशका विभिन्न स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाध्ने कालो ब्यानर राख्ने जस्ता विभिन्न चरणका आन्दोलनहरु गरिरहेका छन । यसरी माग पूर नभएको भन्दै कर्मचारीहरु काठमाडौ केन्द्रीत सडक आन्दोलन गर्ने अन्तिम तयारीमा जुटेका छन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation