रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन मन्त्रालयद्धारा परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलले हस्ताक्षर गरेको परिपत्रमा सबै मन्त्रालय,आयोग,सचिवालय,कार्यालय,प्रदेश र स्थानीय तहलाई समेत परिपत्र गर्दै स्थानीय तहमा खटाएका प्रशासकीय अधिकृतहरु कार्यस्थलमा नपुगेको भन्ने गुनासोका आधारमा त्यसरी कामकाज गर्न नपुगेका स्थानीय तहले सात दिनभित्र मन्त्रालयलाई जानकारी गराउन समेत परिपत्र मार्फत निर्देशन जारी गरेको छ । मन्त्रालयले निजामती सेवा नियमावलीअनुशार रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउनु पर्ने गरी संघीय मामिलामन्त्रीले मन्त्रीस्तरीय निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले सरुवा, पदस्थापन,काज सरुवा र फिर्ता गरिएका कर्मचारीहरुले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेकाले त्यस्ता कर्मचारीबारे मन्त्रलयमा जानकारी गराउन मन्त्रीस्तरको निर्णय भएको जनाएको छ ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation