३७ ब्याटका शाखा अधिकृतहरुले सपथग्रहण सँगै बुझे नियुक्तीपत्र

लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर केहि दिन पहिले आयोगबाट सिफारिस भएका नयाँ शाखा अधिकृतहरुले सपथ ग्रहण सँगै नियुक्तीपत्र बुझेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सपथ ग्रहण सँगै नियुक्ती पत्र प्रदान गरेको हो । लोकसेवा आयोगले एकमुष्ट योग्यताक्रममा १९६ जनालाई सिफारिस गरेको थियो । विभिन्न सेवा र समुहमा सिफारिस भएका राजपत्राकित तृतिय श्रेणीका अधिकृतहरुले आज सपथ ग्रहण सँगै नियुक्त पत्र बुझेका हुन । खुला प्रतिष्पर्धाबाट सेवा प्रवेश गर्न सकिने सबैभन्दा माथिल्लो तहको रुपमा शाखा अधिकृतको पदलाई लिने गरिन्छ । शाखा अधिकृतको परिक्षा पास गर्नुलाइ निकै महत्वका साथ हेर्ने गरिन्छ । लोक सेवा आयोगले लिने शाखा अधिकृतको परिक्षा पास गर्ने चाहाना धेरैको हुन्छ तर त्यो चाहाना अथक प्रयास र निरन्तर मेहनत गर्नेहरुको मात्रै पुरा हुन्छ । शुक्रबार नियुक्तीपत्र बुझेका अधिकृतहरुको पदस्थापन भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सेवा प्रवेश तालिम सन्चालन भएपछि मात्रै गर्ने प्रचलन छ । लाेकसेवा आयाेगकाे उर्वर भुमि मानिने गुल्मी र स्यान्जाबाट यस बर्ष पनि समान १६ । १६ जना उर्तिण भएर अग्रता कायम गरेका थिए ।

नजिता हेर्न यहाँ क्लिक गर्नुहोस

officer

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation