स्थानीयका कर्मचारीको भेला शनिबारका लागि बुकिङ भयो प्रज्ञा प्रतिष्ठान

  • एकीकृत निजामती सेवा ऎन जारी गरेर सबै तहका कर्मचारीलाई समान रूपमा न्याय गर्न स्थानीयका कर्मचारीको माग छ
  • स्थानीय तहका कर्मचारीहरुको भेला शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।  शनिबार १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय तहका कर्मचारीहरु भेला भएर केन्द्रिय संघर्ष समिति समिति गठन गर्ने र आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्ने तयारी छ । देशभरका पालिकाबाट कर्मचारीहरु आन्दोलनका लागी काठमाडौ जम्मा हुने कार्यक्रम स्थानीय तहका कर्मचारीहरुको छ । पालिका स्तरमा  समेत संघर्ष समिति बनाएर प्रतिनिधिमुलुक रूपमा काठमाडौ जाने र आफ्ना माग पूरा नभए सम्म आन्दोलन गर्ने कार्यक्रम तय भएको स्थानीय तहका कर्मचारीहरुले जनाएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हुने भएकोले सम्पुर्ण स्थानीय तहका कर्मचारीहरुलाई  उपस्थितिको लागि अनुरोध गरिएको छ ।

     

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation