नयाँ शाखा अधिकृतको नियुक्ति तथा सपथ शुक्रवार

केहि दिन पहिले नतिजा सार्वजनिक भएर लोक सेवा आयोग बाट सिफारिस भएका शाखा अधिकृतहरुको सपथ तथा नियुक्ति कार्यक्रम शुक्रवार हुने भएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै शुक्रवार बिहान ११ बजे नियुक्ति तथा सपथ कार्यक्रम आयोजना गरेको जनाएको छ। लोकसेवा आयोगको मिति २०८०/०६/०९ को सिफारिस पत्र अनुशार राजपत्रांकित तृतीय श्रेणिका अधिकृतहरुको सपथ तथा नियुक्ति हुन लागेको हो ।  मन्त्रालयका सचिवको उपस्थितिमा नियुक्ति तथा सपथ कार्यक्रम हुने मन्त्रालयले जनाएको छ ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation