मालिका बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

मालिका बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । “बचत गरौ, बचतको सदुपयोग गरौं”, भन्ने मूल नारा सहित एक आपसमा सम्बन्धलाई गाढा बनाउ भन्ने उद्देश्यका साथ साधारण सभा सम्पन्न भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशमा विधिवत रुपमा दर्ता गरी २०७८ आषाढ ३१ गते देखि मालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नामबाट गुल्मी, पाल्पा र रुपन्देहीलाई कार्यक्षेत्र बनाई सहकारीले कारोवार संचालन गर्दै आएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं २ कार्यालय रहेको मालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको असोज ६ गते तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हाे  । संस्थाको कुल सम्पत्ती तथा दायित्य रु १,०६,१०,८६४।९५ रहेको उक्त सहकारी संस्थाले जनाएको छ । सहकारी सस्थाकाअध्यक्ष दिनेश कुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा ओम प्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तिलकराम लम्साल, श्यामलाल खत्री क्षेत्री, इन्द्र बहादुर कार्की, राम प्रसाद पन्थी लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष रेशम गिरीले स्वागत मन्तव्य राख्नु भएको  उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव  कृष्ण घिमिरेले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश अर्यालले तरलताको अवस्थामा पनि सहकारीले गरेको योगदान महत्वपूर्ण रहेको बताउदै । नेपाल जस्तो विकासोन्मुख देशका लागि पुँजी निर्माण गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा तिलकराम लम्साल, धनिश्वर अर्याल लगायतले सफलताको शुभकामना दिनुभएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष दिनेश कुमार लम्सालले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन, कोषाध्यक्ष सिता पाण्डे पन्थीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा रेशम बहादुर लम्सालले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको जानकारी संस्थाका सचिव कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation