निजामती कर्मचारी संगठन दाङले अग्रजहरुकाे सम्मान कार्यक्रम गर्ने

  • हरितालीका तिजकाे अवसरमा शुभकामना आदान प्रदान तथा अग्रज सम्मान कार्यक्रम गरिने
  • नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले शुभकामना आदान प्रदान तथा अग्रज सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाल निजामति कर्मचारी संगठन दाङले शुभकामना आदानप्रदान तथा अग्रज सम्मान कार्यक्रम आयोजना गरेको हो । भाद्र २३ गते शनिवार बिहान ११ बजे बिपी चोक घोराहीमा रहेको होटल माछापुछ्रेमा कार्यक्रम आयोजना गरिएको संगठन दाङले जनाएको छ । नेपाल निजामती कर्मचारी संगठन दाङले पेशागत हकहितका रक्षा गर्ने कार्यक्रमका साथसाथै विभिन्न रचनात्मक तथा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । यस बर्ष पनि हरितालीका तीजको अवसरमा शुभकामना आदान प्रदान  कार्यक्रम सँगसँगै अग्रजहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation