देशभरका स्थानीय तहका कर्मचारीले निजामती सेवा दिवस नमनाउने

  • स्थानीय तहका कर्मचारीलाइ पनि निजामतीकाे परिभाषा भित्र समावेश गर्न माग
  • हरेक वर्ष जस्तै यस वर्ष पनि भाद्र २२ गते मनाउन लागिएको निजामति सेवा दिवस स्थानीय तहका कर्मचारीले नमनाउने निर्णय गरेका छन । यसरी निजामति सेवा दिवसका सम्बन्धमा देशका विभिन्न पालीकामा कार्यरत कर्मचारीले निजामती सेवा दिवस नमनाउने भन्दै विज्ञप्ती निकाल्ने र ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको छ । देशमा सघीयता सहितको स‌विधान जारी भएको बर्षौ बित्दा पनि निजामति सेवा एैन जारी हुन नसक्दा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरु मारमा परेका छन । सरकारले तीन तहका सरकारमा काम गर्ने कर्मचारीलाइ सरकारको तह अनुशारको व्यवहार गरेको भन्दै स्थानीय तहका कर्मचारीले निजामति सेवा दिवस नमनाउने निर्णय गरेका हुन । स्थानीय तहका कर्मचारीले सम्पुर्ण तहमा कार्यरत कर्मचारीलाइ समान दृश्टिकोणले हेर्ने खालको एकिकृत निजामति सेवा एन ल्याउन माग गरेका छन । यसैगरी सिन्धुपाल्चाेककाे भाेटेकाेशी गाउँपालीकाका कर्मचारीले एक सयुक्त विज्ञप्ती निकाल्दै स्थानीय तहका कर्मचारीलाइ पनि निजामती कर्मचारीको परिभाषामा उल्लेख गर्न माग गरेका छन । स्थानीय तहका कर्मचारी निजामती हो कि होइन स्पष्ट नभइकन निजामती सेवा दिवस मनाउनुको कुनै अर्थ नभएको स्थानीय तहमा कार्यरत  कर्मचारीहरुले बताउने गर्छन । भाद्र २२ गते हातमा कालोपट्टी बाधेर काम गर्ने र स्थानीय तहका कर्मचारीलाइ निजामति कर्मचारीको परिभाषामा नसमेटिए सम्म निजामती सेवा दिवस नमनाउने विज्ञप्तीमा उल्लेख गरिएको छ । लामो समयसम्म स्थानीय तहका कर्मचारीहरुलाइ सरुवा बढुवा तथा वृत्ति विकास जस्ता विभिन्न कुराहरुमा विभेद भएकोले निजामती सेवा दिवस नमनाउने निर्णय गरेको कर्मचारीले जनाएका छन ।  साथै कर्मचारीहरुले स्थानीय तहका सम्पुर्ण कर्मचारीलाइ निजामती कर्मचारीको परिभाषामा समेटिने गरि एकिकृत निजामती सेवा एन जारी गर्न माग गरेका छन । त्यस्तै म्याग्दीकाे अन्नपुणृ गाउँपालीकाका कर्मचारीले पनि भाद्र २२ गते मनाउने निजामती सेवा दिवस नमनाउने निर्णय गर्दै एक सयुक्त विज्ञप्ती जारी गरेका छन । स्थानीयत तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा वृद्धि विकास सरुवा वढुवा लगायतका विषयमा कुनै सुनिश्चितता नभएको तथा नयाँ प्रस्तावित एैनको मस्यौदामा स्थानीयत तहका कर्मचारीलाइ निजामतीको परिभाषामा नराखेको हुँदा निजामती सेवा दिवस मनाउदा अनुपयुत्त हुने भन्दै विरोधस्वरुप निजामती सेवा दिवस नमनाउने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै निजामती सेवाले सबै तह र निकायका कर्मचारीलाइृ समेट्नुपर्ने भन्दै एकीकृत निजामती सेवा एनको माग गरिएको छ ।
    यसरी ठुलो संख्यामा रहेका स्थानीय तहका कर्मचारीले निजामती सेवा दिवस नमनाउने निर्णय गरेका छन । जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा रहेर अथक मेहनतका साथ जनताको सेवा गरिरहेका कर्मचारीको सेवा सुविधा र वृद्धि विकासको व्यवस्था अन्यौल हुदा सेवा प्रवाहमा समेत नकारात्मक असर पर्ने विश्लेषकहरु बताउछन । जनताको नजिक बसेर काम गर्ने आधारभुत तहका कर्मचारीहरुलाई निजामती सेवा ऐनले परिभाषित गर्न सकेन भने स्थानीय तहको सेवामा वितीष्ण पैदा हुन गै कार्यसम्पादनमा गम्भीर असर पर्ने विज्ञहरुको अनुमान छ । लामो समय सम्म एउटै स्थानीय तहमा बसेर काम गरिरहेका कर्मचारीहरुको लामो समय सम्म सरुवा समेत हुन सकेको छैन । केहि प्रदेशहरुले प्रदेश सेवा ऐन ल्याए पनि केहि प्रदेशहरुले भने त्यो प्रदेश सेवा एन ल्याउन समेत सकेका छैनन । स्थानीय तहका कर्मचारीहरुको उचित मागहरु सम्बोधन भएमा मात्र स्थानीय तहको सेवामा आकर्षण पैदा हुन गरि सकारात्मक प्रतिफल प्राप्तहुन सक्ने जानकारहरु बताउछन । यसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै सबै निकायलाई निजामती सेवा दिवस मनाउन अनुरोध गरेको थियो । यसरी ठुलो संख्यामा रहेका स्थानीय तहका कर्मचारीले निजामती सेवा दिवस मनाउन बाट पछि हटेमा एउटा स्थानीय तहमा एकजना प्रम्ख प्रशासकिय अधिकृतले मात्रै निजामती सेवा दिवस मनाउने अवस्था सृजना हुने खतरा देखिन्छ ।

     

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation