संगठनले भन्यो मुगु र सोलुखुम्बुका निजामति कर्मचारी पनि निजामती सेवा पुरस्कारका लागि योग्य छन

  • सिहदरबारको घेरा र उच्च प्रशासकको निकटता तोडेर दुर्गम र ग्रामीण क्षेत्रका निजामति कर्मचारी लाई पनि समानुपातिक रुपमा पुरस्कृत गर्न अनुरोध
  • नेपाल निजामति कर्मचारी संगठनले नेपाल सरकारले प्रत्येक बर्ष प्रदान गर्ने निजामति सेवा पुरस्कार सबै सेवा समुहमा समानुपातीक वितरण गर्न अनुरोध गरेको छ । नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय कार्यसमितीका अध्यक्ष लेखनाथ कोइराला र महासचिव जिवन काफ्लेले सयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दे सरकारलाई सो अनुरोध गर्नुभएको हो । निजामति सेवा पुरस्कारलाई सिहदरबार केन्द्रित नभई योग्य कर्मचारीको पहिचान गरि समानुपातीक रुपमा वितरण समेत नेपाल निजामति कर्मचारी संगठनले अनुरोध गरेको छ । मुगु र सोलुखुम्बु जिल्लाका निकै दुर्गममा काम गरेका दुइ जना निजामति कर्मचारीको नाम समेत सिफारिस गर्दै संगठनले उच्च प्रशासकको निकटता र सिहदरबारको घेरा नाघेर कामको आधारमा पुरस्कृत गर्न अनुरोध गरेको छ ।

     

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation