नेपालमा बजेट तर्जुमा प्रक्रिया र यसका विविध आयामहरु 

नेपालमा बजेट तर्जुमा र यसका विविध आयामहरु

सरकारी बजेट

बजेट सरकारको विगत र वर्तमानको आर्थिक अवस्थाको मूल्याङ्कनको आधारमा आगामी बर्षमा गरिने कार्यक्रमहरुको लाग्ने अनुमानित खर्च र सो खर्च जुटाउने स्रोतहरुको अनुमान हो यसको अवधारणा “No Taxation without Representation ” बाट आएको हो । बजेट विस्तृत तथा समन्वयात्मक वित्तीय योजना हो र सार्वजनिक निकायका काम कारवाहीलाई अपेक्षित र नियन्त्रित वनाउन बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो सार्वजनिक निकायका कार्यहरुलाई निश्चित मापदण्ड वमोजिम संचालन गर्ने व्यबस्थापकीय औजार हो । बजेट राजश्व र व्ययको अनुमानका अतिरिक्त राष्ट्रिय कोषको संचालनको अख्तियारी प्रदान गर्ने दस्तावेज समेत हो ।

बजेटको सुरुवात सर्वप्रथम सन् १७३३ मा बेलायतवाट भएको हो । बेलायतका तत्कालिन वित्तमन्त्री रोवर्ट वालपोलले सर्वप्रथम बजेट प्रस्तुत गरेका थिए भने नेपालमा वि.स २००७ सालको प्रजातन्त्र पश्चात तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेरले वि.स २००८ साल माघ २१ गते प्रथम पटक बजेट पेश गरेका थिए । जुन बजेटमा अनुमानित राजश्व ३.०६ करोड र अनुमानितत व्यय ५.२५ करोड थियो ।

वि.स २०१३ सालमा पञ्चवर्षिय योजनाको थालनी भए पश्चात बजेट लाई साधारण र विकास वजेट गरी २ भागमा वर्गिकरण गरिएको पाईन्छ । त्यसैगरी वि.स २०२६ साल देखि नेपालमा कार्यक्रम वजेटको शुरुवात भएको थियो । हाल नेपालको बजेट लाई चालु खर्च पूँजिगत र वित्तीय व्यबस्था गरी ३ भागमा विभाजन गरीन्छ ।

बजेटका विभिन्न चरणहरु हुन्छन जसमध्ये अनुमान, तर्जुमा र स्वीकृति सम्मका चरणलाई बजेट तर्जुमा भनेर बुझ्ने गरिन्छ त्यसैले बजेटले बजेटले संसदिय अनुमोदन प्राप्त गर्ने सम्मका सम्पूर्ण चरणलाई बजेट तर्जुमा भन्न सकिन्छ।

नेपालमा बजेट तर्जुमाका लागि  देहायका संवैधानिक ब्यवस्थाहरु रहेका छन।

नेपालको संविधानमा राजश्व र व्ययको अनुमान – बजेट अनुमान सम्बन्धी भएको व्यबस्था –

  1. 1. संघीय सरकारको बजेट अनुमान:
  • नेपालको संविधानको धारा ११५ देखी धारा १२५ सम्म संघीय आर्थिक कार्यप्रणाली सम्बन्धमा व्यबस्था गरीएको छ ।
  • धारा ११९ मा राजश्व र व्ययको अनुमान सम्बन्धमा व्यबस्था गरीएको छ ।
  • नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा देहायका विषयहरू समेत खुलाई वार्षिक अनुमान पेश गर्नु पर्नेछः

राजस्वको अनुमान,

संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू ।

वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसदमा पेश गर्नेछ ।

  1. 2. प्रदेश सरकारको बजेट अनुमानः

नेपालको संविधानको धारा २०७ अनुसार राजस्व र व्ययको अनुमान प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा प्रदेश सभा समक्ष देहायका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न सक्नेछः

  • राजस्वको अनुमान,
  • प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र प्रदेश विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू ।
  • वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।
  1. 3. स्थानीय तहको बजेट अनुमानः

नेपालको संविधानको धारा २३० अनुसार गाउँपालिका र नगरपालिकाको राजस्व र व्ययको अनुमान यस संविधानको अधीनमा रही गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम गाउँ सभा वा नगर सभामा पेश गरी पारित गराउनु पर्नेछ ।

गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्दा घाटा बजेट निर्माण गर्नु पर्ने संघीय कानून र प्रदेश कानून बमोजिम घाटा पूर्ति गर्ने स्रोत समेतको प्रस्ताव गर्नु पर्दछ ।

यि व्यवस्थाका अतिरिक्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076, नियमावली 2077 र बजेट तर्जुमा दिग्दर्शन समेतले बजेट तर्जुमाका लागि लिनुपर्ने आधार र प्रकृयाको व्यवस्था गरेका छन ति मध्येको प्रकृयालाई देहायबमोझिम उल्लेख गर्न सकिन्छ।

मध्यमकालीन खर्च संरचनासहित बजेट तर्जुमा कार्यतालिका

नेपाल सरकारले संघीय संसदमा बजेट प्रस्तुत गर्नुपूर्व मध्यमकालीन खर्च संरचनासहितको बजेट तर्जुमा गर्नुपर्ने हुन्छ । उक्त बजेट तर्जुमा गर्ने कार्यतालिकालाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

क्र.स. कामको विवरण जिम्मेवार निकाय कार्य सम्पन्न गर्ने अवधि
१. बजेटको आधार निर्धारण गर्ने
१.१ आगामी वर्षको बजेटको प्रक्षेपण गर्नको लागि बजेटको सीमा तोक्नु भन्दा अगाडि त्रिवर्षीय खर्च प्रक्षेपण आधारमा विभिन्न मन्त्रालय / निकाय, अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगले नीतिगत छलफल र पुनरावलोकन गरी बजेट प्रक्षेपणको प्रारिम्भक प्रतिवेदन तयार गर्ने अवधारणा पत्र बनाउने राष्ट्रिय योजना आयोग / अर्थ मन्त्रालय मन्त्रालय र सम्बन्धित मन्त्रालयहरु

 

कार्तिकको दोस्रो हप्ता
१.२ स्रोत अनुमान समितिले देशको समष्टिगत आर्थिक राष्ट्रिय योजना आयोग स्रोत कार्तिकको तेस्रो हप्ता स्थिति विश्लेषण गरी स्रोत साधनको प्रारम्भिक प्रक्षेपण तयार गरी बजेट समितिमा पेश गर्ने राष्ट्रिय योजना आयोग श्रोत समिति कार्तिक तेश्रो हप्ता
१.३ स्रोत समितिले संघको कुल बजेटको आकार र सीमा निर्धारण गर्ने स्रोत समिति / रायोआ/ बजेट तथा कार्यक्रम महाशाखा, अर्थ मन्त्रालय

 

मंसीरको दोस्रो हप्ता
२.

 

बजेट तर्जुमा मार्गदर्शन र सीमा पठाउने
 

२.१

 

मन्त्रालयगत र कार्यगतरुपमा बजेटको सीमा र मार्गदर्शन तयार गरी बजेटको सीमा र मार्गदर्शन पठाउने

 

राष्ट्रिय योजना आयोग /अर्थ मन्त्रालय मंसीरको तेस्रो हप्ता
२.२

 

प्राप्त बजेट सीमा र मार्गदर्शन आफू अन्तर्गतका सम्बन्धित मन्त्रालयहरू विभाग, कार्यालय र आयोजनाहरूमा पठाउने सम्बन्धित मन्त्रालयहरु मंसीरको चौथो हप्ता

 

३.

 

कार्यक्रम तथा बजेट तयार गरी पेश गर्ने मध्यमकालीन खर्च संरचना सहित
३.१

 

वार्षिक लक्ष्य प्राप्त हुने गरी बजेट तयार गरी सो सम्बन्धित खर्च अनुसारको बजेट LMBIS मा प्रविष्टि गरी सम्बन्धित विभागमा पठाउने सम्बन्धित कार्यालय/एकाई पौषको दोस्रो हप्ता

 

३.२

 

आफ्नो विभागको बजेट तयार गरी LMBIS मा विभाग प्रविष्टि गर्ने र मातहतका कार्यालयबाट LMBIS मार्फत् प्राप्त भएको बजेट प्रस्ताव उपर छलफल तथा पुनरावलोकन गरी मन्त्रालयमा पठाउने सम्बन्धित विभाग पौष मसान्त

 

३.३ सम्बन्धित मन्त्रालयमा समग्र कार्यगत नीति र सम्बन्धित मन्त्रालय मार्गदर्शन सहित आवश्यकतानुसार खरिद गुरुयोजना र वार्षिक खरिद योजनाको आधारमा विभागहरूसँग बजेट तथा कार्यक्रममा छलफल गर्ने सम्बन्धित मन्त्रालय

 

माघको पहिलो हप्ता
३. ४

 

मन्त्रालयस्तरबाट आफ्नो बजेटलाई LMBIS मा  प्रविष्टि गरी जिल्लास्तर र केन्द्रीय स्तरका कार्यालयहरू र विभागबाट LMBIS मार्फत् प्राप्त भएको बजेटलाई पुनरावलोकन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने   माघको तेस्रो हप्ता
४. कार्यक्रम तथा बजेट उपर छलफल त्रिवर्षीय खर्च प्रक्षेपण सहित
४.१ LMBIS मार्फत् प्राप्त भएको बजेटको नीतिगत छलफल (चालु खर्च तर्फको कार्यक्रम खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्था समेत)

 

अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको सहभागितामा राष्ट्रिय योजना आयोग माघको चौथो हप्तादेखि फागुनको दोस्रो हप्ता

 

 

४.२

 

सम्बन्धित मन्त्रालयहरूले आगामी वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संघीय संसदलाई सम्बोधन गर्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाई राष्ट्रिय योजना आयोगको सचिवालय र अर्थ मन्त्रालयलाई जानकारी दिने

 

सम्बन्धित मन्त्रालय फाल्गुनको तेश्रो हप्ता
४.

 

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परामर्शमा राजश्व बाँडफाँट र वित्तीय समानीकरण  अनुदान वापत प्रदेश र स्थानीय तहलाई अनुमानित स्रोतको विवरण उपलब्ध गराउने

 

अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

 

 

फागुन मसान्त भित्र
४.४

 

LMBIS मार्फत् प्राप्त चालु, पूँजीगत र वित्तीय राष्ट्रिय योजना आयोग फागुनको व्यवस्था सहितको बजेटको शीर्षकगत छलफल गर्ने सहित

 

राष्ट्रिय योजना आयोग  सहित सम्बन्धित मन्त्रालयको सहभागितामा अर्थ मन्त्रालय

 

फाल्गुनको चौथो हप्तादेखि चैत्र मसान्तसम्म

 

४.५

 

बजेटको मस्यौदा तयारी

 

अर्थ मन्त्रालय

 

वैशाखको पहिलो हप्ता

 

४.६

 

संघीय संसदको अर्थ समितिमा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल अर्थमन्त्री वैशाखको पहिलोहप्ता

 

४.७

 

संघीय संसदमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति

 

वैशाखको दोस्रो हप्ता

 

४. ८ मस्यौदा बजेट र कार्यक्रम राष्ट्रिय योजना आयोगको बैठकमा प्रस्तुति र छलफल अर्थमन्त्री

 

वैशाखको तेस्रो हप्ता

 

४.९

 

बजेटले समेटेका नीति तथा कार्यक्रमहरू राष्ट्रिय योजना आयोगको बैठकबाट स्वीकृत गर्ने अर्थमन्त्री, राष्ट्रिय योजना आयोग

 

जेठको पहिलो हप्ता
४.१०

 

बजेट र कार्यक्रमको मस्यौदा मन्त्रिपरिषद्को बैठकमा प्रस्तुति अर्थमन्त्री

 

जेठको दोस्रो हप्ता

 

५.

 

बजेट प्रस्तुत गर्ने र संघीय संसदबाट पारित गर्ने

 

५.१

 

बजेट वक्तव्य अर्थमन्त्री जेठ  15 गते

 

५.२

 

बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन अर्थ सचिव जेठ 16 गते
५.३

 

संघीय संसदबाट बजेट पारित र स्वीकृति

 

संघीय संसद

 

जेठ 16 गतेदेखि

असार मसान्तसम्म

 

यि माथि उल्लेखित बजेट स्वीकृति सम्मका सबै प्रकृयाहरु बजेट तर्जुमा अन्तरगत पर्दछन यसरी बजेट तर्जुमा गर्दा निम्न आधार लिने गरिन्छ।

  • संविधान (राज्यका दायित्व, निर्देशक सिद्धान्त र नीति),
  • सरकारका नीति र कार्यक्रमअनुसारका कामहरू,
  • आवधिक योजनाको उद्देश्य, प्राथमिकता र रणनीति,
  • क्षेत्रगत नीति तथा कार्यक्रम,
  • दिगो विकास लक्ष्य लगायत अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धता,
  • रणनीतिक महत्व (आर्थिक, सामाजिक एकीकरण गर्ने कार्यक्रम आदि),
  • छिटो प्रतिफल दिन सक्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता,
  • कार्यान्वयन योग्यता (संस्थागत र प्राविधिक क्षमता, राजनीतिक- सामाजिक सहयोग ),
  • सरकारले गरेका प्रतिबद्धता,
  • वैदेशिक सहायता सम्झौतामा उल्लेख भएअनुसार गर्नुपर्ने कामहरू,
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
  • अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०76, नियमावली 2077
  • सार्वजनिक खरिद ऐन, २०६३
  • सार्वजनिक खरिद नियमावली, २०६४
  • भ्रमण खर्च नियमावली, २०६४
  • विकास सहायता नीति, २०७१
  • दिगो विकास लक्ष्यहरू (Sustainable Development Goals)
  • लैङ्गिक उत्तरदायी बजेट (Gender Responsive Budget)
  • गरिबी न्यूनीकरण उन्मुख बजेट
  • जलवायु परिवर्तन बजेट
  • सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५
  • मध्यमकालीन खर्च संरचना सम्बन्धी व्यवस्था
  • समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५
  • विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५
  • राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड, २०७५
  • आदि।

यसरी बजेटको तर्जुमा हुने र माथि उल्लेखित प्रकृया पुरा गर्नुपर्ने भएपनि नेपालमा बजेट तर्जुमा प्रकृयामा निम्न समस्याहरु रहेका छन।

  • आन्तरिक र वाह्य राजश्वको अनुमान गर्दा स्पष्ट आधार नभई मनोगत आधारमा भएको,
  • MTEF निर्माण कार्य औपचारिकतामा सिमित भएको,
  • टुक्रे र कस्मेटिक आयोजनामा बजेट छर्ने प्रवृति,
  • धेरै आयोजनालाई पहुँचका आधारमा P1 मा राख्ने प्रवृति,
  • राजनीतिक दवावमा अनुत्पादक र वितरणमुखी कार्यक्रमको लागी बजेट छर्ने प्रवृति,
  • सवै सहायता लाई (On Budget On treasury) मा समेट्न नसकिएको,
  • बजेट र योजना वीचमा तालमेलको अभाव,
  • विनियोजनमा कुशलता (Allocation Efficiency) को अभाव रहेको,
  • वैदेशिक अनुदान र ऋणको स्पष्ट सूचना तथा तथ्याङ्कको अभावमा त्यस्तो स्रोतवाट व्यहोरिने बजेट यथार्थपरक बन्न नसकेको,
  • वित्तीय हस्तान्तरण कार्य तथ्यपरक (Evidence Based) बन्न नसकेको,
  • संघ प्रदेश र स्थानीय तीन तह वीचमा नीति कार्यक्रम र योजनामा समन्वयको अभाव जस्तैः दिगो विकास लक्ष्य कार्यान्वयन गर्न समन्वय कायम हुन नसकेको,
  • उपलब्ध स्रोत साधन भन्दा मागका आधारमा बजेट वनाउने प्रवृति,
  • आदि।

बजेट तुर्जमामा गर्नु पर्ने सुधारहरु

  • क्षेत्रगत रुपमा सम्भाव्यता अध्ययन गरी Project Bank तयार गर्ने,
  • Project Bank मा भएका आयोजनालाई मात्रै वजेट विनियोजन गर्ने,
  • धेरै आयोजनालाई पहुँचका आधारमा P1 मा राख्ने प्रवृतिको अन्त्य गर्ने,
  • पूँजीगत खर्च प्राथमिकिकरणका आधारहरु वैज्ञानिक बनाउने,
  • स्रोत र खर्च अनुमानलाई तथ्यमा आधारित बनाउने,
  • आवधिक योजना, मध्यकालिन योजना र वार्षिक वजेट विच तालमेल मिलाउन मध्यमकालिन खर्च संरचना (MTEF) को प्रभावकारी कायान्वयन गर्ने,
  • सहभागितामुलक बजेट तुर्जमा प्रक्रिया र खुला छलफलको नीति लिने,
  • Gender Responsive Budget, Pro Poor Budget, Climate Change Budget Code यथार्थपरक बनाउने,
  • आदि।

निष्कर्ष

बजेट तर्जुमा जति यथार्यपरक र कार्यान्वयनयोग्य बन्छ त्यति नै बजेटको सफल कार्यान्वयन भई लिईएका उद्देश्य प्राप्तिको आधार निर्माण हुन्छ। नेपालमा बजेट तर्जुमाका आधारहरु र तर्जुमा प्रकृया स्पष्ठ छ तर सफल कार्यान्वयन हुनमा माथि उल्लेखित समस्याहरु बाधक बनेका छन यी पक्षमा सुधार गर्दै बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा दक्षता बढाउने तर्फ ध्यान दिनु जरुरी छ।

सन्दर्भ सामाग्री

  1. नेपालको संविधान
  2. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 नियमावली 2077
  3. बजेट तर्जुमा दिग्दर्शन 2075

 

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation