स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको केन्द्रिय भेला आज प्रज्ञा प्रतिष्ठानमा ११ बजे उद्घाटन हुने

स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको केन्द्रिय भेला आज प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदै छ बिहान ११ बजे कार्यक्रम उद्घाटन हुने जनाइएको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले कर्मचारी समायोजन ऐनको नाममा आफुहरुलाई बन्धक बनाएको बताउदै आएका छन । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको सरुवा बढुवा जस्ता सामान्य वृत्ति विकासमा समेत अवरोध सृजना हुन पुगेको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले संघमा फर्किन पाउनुपर्ने समायोजन सच्चाउन पाउनु पर्ने लगाएतका माग राखेका छन । स्थानीय तहका कर्मचारीहरु लामो समय देखि सरुवा बढुवा जस्ता सामान्य सुविधाहरुबाट समेत बन्चित हुदै आएका छन । यसरी स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले आफनो अधिकारकाल लागि भन्दै काठमाडौँ केन्द्रित भेला आयोजना गरेका हुन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation