स्थानीय तह सरोकार फोरमले भन्यौँ स्थानीय तहका कर्मचारीमाथि हातपात हुनु दुखद

स्थानीय तह सरोकार फोरमले भन्यौँ स्थानीय तहका कर्मचारीमाथि हातपात हुनु दुखद भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै स्थानीय तहका कर्मचारीमाथि देशका विभिन्न ठाउँमा
भएको साङ्घातिक आक्रमणप्रती स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, केन्द्रीय कार्यसमिति घोर निन्दा एवम् भर्त्सना गरेको हो । केन्द्रिय कार्यसमितीका अध्यक्ष दिपक गौतम र महासचिव दिपक सिहं धामीको सयुक्त हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुमाथि भएको आक्रमण दुखद र निन्दनिय भएको जनाइएको छ । साथै दोषी जोसुकैलाई पनि हदैसम्मको कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं। विज्ञप्तीमा भनिएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation