कर्मचारी युनियन गुल्मीले निजामती सेवा ऎनका सम्बन्धमा अन्तक्रिर्या गर्ने

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले सघिय निजामती सेवा ऎनका सम्बन्धमा अन्तक्रिर्या गर्ने भएको छ । प्रतिनिधि सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा नेपाल निजामती कर्मचारी युनियन गुल्मीले अन्तक्रिर्या कार्यक्रम आयोजना गर्न लागेको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य नवीन कुमार पन्थीले जानकारी दिनुभएको । संविधान जारी भएको लामो समय हुँदा समेत सघिय निजामती सेवा ऎन जारी हुन नसक्दा ठुलो सङ्ख्यामा प्रदेश र स्थानीय तहमा समायोजन भएका रास्ट्रसेवक कर्मचारीहरुको सरुवा र बढुवा समेत हुन सकेको छैन । यसरी नेपाल निजामती कर्मचारी युनियन गुल्मीले ९ गते शनिबार गुल्मीको तम्घासमा बृहत अन्तक्रिर्या गर्न लागेको हो । निजामती कर्मचारी युनियन गुल्मीले रास्ट्रसेवक कर्मचारीहरुको पेशागत हक अधिकार प्राप्तिका लागी निरन्तर रुपमा विभिन्न रचनात्मक क्रियाकलापहरु समेत गर्दै आएको छ । अन्तक्रिर्या कार्यक्रममा उपस्थित हुन सम्पुर्ण रास्ट्रसेवक कर्मचारीलाई नेपाल निजामती कर्मचारी युनियन गुल्मीले अनुरोध समेत गरेको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation