राष्ट्रसेवक बनेपछि बालापन बिताएको विद्यालयमा अक्षयकोष स्थापना : विपन्न विद्यार्थीलाइ सहयाेग

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको  पोखराथोकमा  रहेको श्री चित्ररम्भा आधारभूत विद्यालयमा गोमा स्मृति अक्षय कोष स्थापना भएको छ । एक औपचारिक कार्यक्रम गरि गोमा स्मृति अक्षय कोष स्थापना गरिएको हो । स्वर्गीय गोपाल गौतमका छोरा डम्बर प्रसाद गौतमको श्रीमती गोमा गौतमको स्मृतिमा छोराबुहारीहरू गिरीराज गौतम , नेत्र गौतम र राधा गौतमले आफ्नी आमाको संझनामा गोमा स्मृति अक्षय कोष स्थापना गर्नु भएको हो । सो विद्यालयका पूर्व विद्यार्थी गिरीराज गौतमले आफ्नो विद्यार्थी जीवनमा आफुले दुख पाएको सम्झेर यस विद्यालयका गरिब , विपन्न र जेहेन्दार विद्यार्थीलाई अक्षय कोषको बार्षिक आउने व्याज बाट छात्रवृत्ति हरेक बर्षको विद्यालयको बार्षिक उत्सवको उपलक्ष्यमा वितरण गर्ने गरी प्रदान गर्नु भएको जनाइएको छ । सोहि विद्यालयमा अध्ययन गरेर हाल निजामती सेवामा प्रवेश गरेका पुर्व विद्यार्थी गिरीराज गौतमले आफ्नो बाल्यकालका महत्वपुर्ण समय विताएको विद्यालयमा सम्झनास्वरुप अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सानो भएपनि सहयोग पुगोस र यो विद्यालयमा पढेर अहिले संसारका विभिन्न ठाउँमा पुगेका सम्पुर्ण पुर्व विद्यार्थीलाई समेत विद्यालयलाइ सहयोग गर्नुपर्छ भन्ने भावना जागोस भन्ने उदेश्यले अक्षयकोष स्थापना गरेको गिरिराज गौतमले जानकारी दिनुभयो । अर्घाखाचीको पोखराथोकमा आफ्नो बालापन बिताएका गिरिराज गौतम हाल निजामती सेवामा हुनुहुन्छ ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation