आन्दोलनले एउटा महत्वपुर्ण शिक्षा दिएको छ, यसलाइ हामिले अधिकार प्राप्तीको लागि महत्वपूर्ण आधारको रुपमा लिएका छौ ः चेतन कडेल स्याङ्जा

१४ दिनको कठिन सडक संघर्ष पछि हाम्रो आन्दोलनले बिश्राम लिएको छ । हामिलाइ ज्ञान थियो कि आन्दोलन सजिलो बिषय थिएन र होइन । तर अधिकार प्राप्तीको लागि यो लडाइको बिकल्प पनि थिएन । दिपक गौतमजी ले नेतृत्व गर्नुभयो हामी ले निरन्तर सडकमै सङ्गै रह्यौ र संघर्ष गर्यौ । सबै आन्दोलनले जित्दैनन जित्न सक्दैनन कुनै आदोलन एवम संघर्षहरु सम्झौता मा टुङ्गिन्छन । न्याय प्राप्तीको यो आन्दोलन पनि यस्तै सम्झौता विन विन मा टुङ्गियो। जसले हामिलाइ सोचे जस्तो धेरै त दिन सकेन तर केहि भने पक्कै दिएको छ । यसलाइ हामिले अधिकार प्राप्तीको लागि महत्वपूर्ण आधारको रुपमा लिएका छौ जुन आधारमा टेकेर हामिले धेरै लडाइहरु लड्न सक्छौ । जसको कार्यान्वयन हेर्न बाकि नै छ । आन्दोलनमा सानो सन्ख्याको उपस्थिति, नजिकिदो चाडपर्ब , र बिस्तारै घट्दो उपस्थितिले नेतृत्व माथि आन्दोलनलाइ जसरी पनि सुरक्षित अबतरण गर्नु पर्ने दबाब थियो र नेतृत्व ले त्यसै गर्यो र आन्दोलनलाइ जिबन्त बनायो । अन्यथा हाम्रो आन्दोलन को सधैको लागि मृत जस्तै बन्थ्यो । जुन अब पछि उठ्न असम्भब हुन्थ्यो ।

धेरै साथिहरु सडक मै होमिनु भो र राज्य बिरुद्ध आक्रोस ओकल्नु भो लाठि र बुट सङ्ग जुध्नु भो । धेरै साथिहरु घाइते हुनु भो । घाइते साथिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस्तो अबस्थामा पनि धेरै साथिहरु अफिस र डेरा बाट निस्कन सक्नुभएन । यो आन्दोलन को निकै दुखद पक्ष हो। म स्वास्थ्यका हिसाबले एक किसिमले अशक्त थिए र यसका बाबजुत सुरु देखि नै यो आन्दोलन अन्तिम दिन सम्म होमिए । यो आन्दोलनले हामिलाइ एउटा महत्वपुर्ण शिक्षा भने दिएको छ । हाम्रो पुर्ब तयारी , हाम्रो साङ्गठानिक रुप र त्यसको परिचालनमा हाम्रो गम्भिर कमजोरी रह्यो। आगामि दिनमा यसलै पुनर्संरचना गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।

अर्को कमजोरी हामि समन्वयमै गम्भिर रुपमा चुक्यौ । राज्यको महत्वपुर्ण तहमा काम गर्ने राज्यका बेतनधारी कर्मचारी हरु यती लामो समयसम्म देशब्यापी रुपमा आन्दोलनमा उत्रीदा १५ दिन सम्म राज्यले नसुन्ने र हाम्रो आन्दोलन लाइ ट्रेड युनियनले महत्व नदिने सम्मको अबस्था कसरी आयो रु यसमा गम्भिर समिक्षा जरुरी छ । कतै हामि ट्रेडयुनियन सङ्गको प्रभावकारी समन्व्यमा चुक्यौ कि हाम्रो समन्वयले किन काम गरेन बरू हामिले संसदमा प्रतिनिधित्व गर्ने दल, तिनका सचेतक प्रमुख सचेतक र जिम्मेवार प्रतिनिधि सङ्ग कति छलफल गर्यौ कुन कुन दलका नेता सङ्ग छलफल गर्यौ ।  १० दिन सम्म संसदमा हाम्रा आवाज किन सुनिएन ।  समिक्षा गरौ साथिहरु । अन्तिम मा आन्दोलन को नेतृत्व गर्ने सम्योजक दिपक गाैतम,मेघराज खत्री, इश्वर बहादुर सिंह,विजय देवकाेटा प्रकाश भट्ट  लगायत सबै साथिहरु र आन्दोलनको मैदानमा उपस्थित सम्पुर्ण मा हार्दिक धन्यबाद ब्यक्त गर्दछु । सबै कुरा हरु एकैचोटि हासिल हुदैनन । हामिले अरु धेरै संघर्षहरु गर्नुपर्न छन । आगामि दिनमा कर्मचारीको न्याय प्राप्ती र अधिकारप्राप्तीका लागि लडिने हरेक संघर्ष र आन्दोलन मा सधै सहयोग गर्ने प्रतिबद्ध्ता पनि जाहेर गर्दछु।।
चेतन कडेल,स्याङ्जा

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation