पाठ्यक्रममा आधारित भएर तयरी गर्नु साथै लेखन र पढाईलाई संगसगै लिएर जादा लोकसेवा पास गर्न सजिलो हुन्छ सवैभन्दा महत्वपुर्ण कुरा बलियो ईच्छाशक्तिलाई कायम राख्नुर्दछ

लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर नेपाल सरकारको शाखा अधिकृत हुने रहर र सपना धेरैको हुन्छ । त्यसमाथि शाखा अधिकृतको परिक्षा पास गरेर कुनै पनि कार्यालयको कार्यालय प्रमुख बनेर काम गर्दा कस्तो महसुस हुन्छ होला ? जनताको सेवा गर्नका लागि राष्ट्रसेवक बनेर खटिदा र त्यसमाथि कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दा कस्तो अनुभव हुन्छ ? निजामती सेवामा प्रवेश गरेका युवाहरु र नयाँ नयाँ अनुहारहरुले कसरी सेवा प्रवह गर्दै छन । यसै सम्बन्धमा हामीले लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर नेपाल सरकारको शाखा अधिकृत बनेर कार्यालय प्रमुखको रुपमा जिम्मेवारी समाल्दा कसरी कार्यसम्पादन गर्दै हुनुहुन्छ भनेर रुकुम पुर्वको भुमे गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत देवीलाल विक सँग कुराकानी गरेका छौँ ।

सर नमस्कार 

नमस्कार
गाउँपालीकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी समाल्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
 म पहिले पनि गाउँपालिकामा सहायक स्तरको जिम्मेवारिमा रहेर काम गरेको थिए । शाखा अधिकृतको परिक्षा पास गरेर म भुमिसुधार तथा मालपोत कार्यालय, तौलिहवामा मालपोत अधिकृतको जिम्मेवारिमा रहेर जनताको सेवा गर्ने अवसर मिल्यो । अहिले कार्यालय प्रमुखको जिम्मेवारिका साथ फेरी गाउँपालिकामा पदस्थापन भएको छु, । अव जिम्मेवारी फेरिएको छ, स्थानीय तह सार्वजनिक सेवा प्रवाह गर्ने आधारतह रहेको र मेरो जिम्मेवारि व्यवस्थापकिय रहेको हुने हुदाँ जिम्मेवारिमा फरकपनको महसुस भएको छ ।
सरले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी वहन गरेको कति समय भयो ?
अहिले यो जिम्मेवारी वहन गरेको करिव २ महिना जति भएको छ ।
जनप्रतिनिधिको सहयोग र सहकार्य कस्तो छ ? कस्तो सहयोग पाइराख्नुभएको छ ? 
समग्रमा सम्पुर्ण पालिका परिवारवाट निकै महत्वपुर्ण सहयोग मिलेको छ । जसले मलाई काम गर्न उत्प्रेरणा समेत मिलेको छ ।
ग्रामीण क्षेत्रका जनताहरुको अपेक्षा कस्तो खालको रहेको पाउनुभयो ? जनअपेक्षा अनुशार कसरी कार्यसम्पादन गर्दै हुनुहुन्छ ?
ग्रामीण क्षेत्रका जनतामा भौतिक पुर्वाधारको निर्माणमा निकै महत्वपुर्ण अपेक्षा र चासो रहेको छ, । दुर्गम क्षेत्र भएको हुदाँ यहाँ निजि क्षेत्रको उपस्थिती लगभग सुन्य जस्तै रहेको छ, । सवै काम पालिकाले गर्नु परेको छ । पालिकाको सिमित स्रोत र साधनलाई लाई उच्चतम सदुपयोग गर्दै जनताको अपेक्षासंग तादाम्यता मिलाई सेवाको प्राथामिकता तय गरि काम गर्ने प्रयास गरेका छौँ ।
यहाँको पालिकामा कर्मचारीको अभाव छ कि छैन ? कर्मचारी व्यवस्थापन कसरी भएको छ ? कर्मचारीहरुको सहयोग लाइ कसरी हेर्नुभएको छ ? 
पालिकाको स्विीकृत दरवन्दी अनुसार पदपुर्ति हुन सकेको छैन, रिक्त दरवन्दिमा पदपुर्तिको लागि प्रदेश लोकशेवामा माग गरिएको छ । हाललाई करार तथा ज्यादारिमा भर्ना गरि कर्मचारीको ब्यवस्थापन गरि सेवा प्रवाह गरिरहेको छ । कर्मचारिमा देश सेवा गर्ने जुन खालको उर्जा देखिएको छ सो बाट सेवा प्रवाहमा मलाई थप हौसला मिल्नुका साथै सशक्तता र तिखारता ल्याउन सहयोग मिलेको छ ।
अरुको मातहतमा बसेर काम गर्दा र आफै कार्यालय प्रमुख हुँदा के फरक हुदो रहेछ ? 
कार्यालय प्रमुखको माताहतमा वसेर काम गर्दा आफ्रनो जिम्मेवारी पुरा गर्दा हुन्थ्यो तर आफैं कार्यालय प्रमुखको जिम्मेवारीमा रहदा मातहतमा रहने कर्मचारीको अभिवाकत्व लिई परिचालन समेत गनुपर्ने हुन्छ, अव कार्यालयबाट सम्पादित सम्पुर्ण कामको अन्तिम उत्तरदायित्व बहन गनुपर्ने हुदाँ आफुमा थप जिम्मेवारि बोधको अनुभुति रहेको छ ।
पर्यटकिय क्षेत्रका हिसावले पनि यस पालिका निकै अगाडी रहेको छ । यहाँका पर्यटकिय क्षेत्रको बारेमा पनि केहि बताइदिनुहोस न ।
लुम्विनी प्रदेशको एकमात्र हिमाली रुकुम पुर्व जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर रहेको छ । यस सुन्दरताको व्यापक प्रचार प्रसार गरि पर्यटन वजारमा यसको पहुच स्थापित गर्न थुपै्र कामहरु बाकि नै छ । पर्यटन क्षेत्र विकासलाई हाम्रो पालिकाले प्राथमिकताको क्षेत्र निर्धारण गरि यसको  प्रवद्र्धन मार्फत पालिकाको आन्तरिक आम्दानी बढाउने हिसावले काम गरिरहेको छौं ।
 लोकसेवा पास गर्ने रहर धेरैको हुन्छ ,लोकसेवा आयोगको तयारी गर्दै गरेका साथीहरुलाई के भन्न चाहानुहुन्छ 
लोकसेवा प्रति देखिएको आकर्षण देशको लागि निकै खुशिको कुरा हो । वलियो इच्दाशक्ति र नियमित मिहेतन नै लोकसेवामा सफलता पाँउने आधार हुन् ।
लोकसेवा पास गर्न कसरी अध्ययन गर्ने, केहि टिप्सहरु बताइदिनुहोस न ?

लोकसेवा पास गर्ने कुनै टिप्प हुन्छ भन्ने त मलाई लाग्दैन तर मैले आफुनो अनुभव सेयर गर्न चाहे..

  • पहिले आफुले चाहेर मात्र लोकसेवाको तयारीमा लाग्नुपर्छ अरुको करकापले यसमा लाग्नु हुदैन ।
  • तयारी पाठ्रयक्रममा आधारित भएर गर्नु पर्दछ, लेखन र पढाईलाई संगसगै लिएर जानुपर्दछ, नोट आफ्नै बनाउनु पर्दछ ।
  • अध्ययनको दायरा फराकिलो बनाउनु पर्दछ, पत्रपत्रिका पत्रपत्रिकामा प्रकाशित भएका सम्पादकिय तथा विचार पृष्ठ समेत पढ्दा ज्ञानको दायरामा बदोत्तरी हुन्छ ।
  • समसामयिक कुराहरुमा नियमित अपडेट हुनुपर्दछ, बजारका कितावमा भर पर्नु उपयुक्त हुदैन ।
  • सवैभन्दा महत्वपुर्ण कुरा बलियो ईच्छाशक्तिलाई कायम राख्नुपर्यो, अध्ययनलाई नियमित बनाउनु पर्यो लोकसेवा पास एकै पटकमा भईने त होइन आयोगले लिने सवै खालको परिक्षामा नियमित सहभागिता जनाउने गर्दा यसवाट परिक्षार्थीमा परिक्षाको समयमा समय व्यवस्थापन र तनाव व्यवस्थापन गर्न निकै सहयोग हुन्छ ।
अन्तमा सोध्न छुटेको केहि भन्न चाहानुहुन्छ कि ? 
आफ्नो केहि अनुभव साट्ने अवसर प्रदान गर्नु भएकोमा धेरै धेरै कर्मचारी अनलाईनको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
सरलाई पनि महत्वपुर्ण समय अनि संम्बादका लागि धेरै धेरै धन्यावाद   

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation