भरिभराउ माईतीघर मण्डला शिक्षक र डाक्टर पछि न्याय माग्दै कर्मचारी

  • स्थानीय तहका कर्मचारी भन्छन हामीलाइ पनि समेट्ने एकीकृत निजामती सेवा एन चाहिन्छ
  • माइतीघर मण्डला सधैजसो निकै व्यस्त हुने ठाउँ हो । काठमाडौँको मुटुमा रहेको माइतीघर मण्डला न्याय नपाएकाहरुले न्याय पाउनका लागि आन्दोलन गर्ने एउटा प्रमुख ठाउँ समेत हो । यसै सन्दर्भमा आउदै गरेको शिक्षा सम्बन्धी ऐनले शिक्षकहरुलाई अन्याय गरेको भन्दै केहि दिन शिक्षकहरुले गरेको आन्दोलनले  काठमाडौँको माईतीघर भरिभराउ भयो । सरकारले शिक्षकहरुसँग वार्ता गरेपछि शिक्षकहरुको आन्दोलन सकियो । त्यसपछि देशका विभिन्न ठाउँमा र विभिन्न अस्पतालमा चिकित्सकहरुमाथि हातपात भएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भए । आकस्मिक बाहेकका सेवाहरु बन्द गरे र चिकित्सकहरुले काठमाडौँ केन्द्रित भए । आफ्ना माग राख्दै माइतीघर मण्डलामा प्रदशन गरे । सरकारले चिकित्सकहरुसँग पनि वार्ता गरेपछि चिकित्सकहरुका माग सम्बोधन भए र उनिहरु काममा फर्किए । डाक्टरहरुसँग सरकारले वार्ता गरे लगत्तै फेरि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्ये शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गरेका थिए । साथै भेलाले केन्द्रिय सर्घष समिती बनाउनुका साथै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । न्याय प्राप्तिका लागि भन्दै देशका विभिन्न भागबाट स्थानीय तहका कर्मचारीहरु काठमाडौँ केन्द्रित भएका हुन । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको भेलामा राष्ट्रिय स्तरका ट्रेड युनियनहरुलाई समेत आमन्त्रीत गरिएको थियो । ट्रेड युनियनका पदाधिकारीहरुले पनि स्थानीय तहका कर्मचारीहरुको हितमा र सबै तहका कर्मचारीलाई समान व्यवहार गर्ने खालको ऐन जारी हुनुपर्नेमा जोड दिएका थिए । देशमा सघीयता सहितको स‌विधान जारी भएको बर्षौ बित्दा पनि निजामति सेवा एैन जारी हुन नसक्दा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरु मारमा परेका छन । सरकारले तीन तहका सरकारमा काम गर्ने कर्मचारीलाइ सरकारको तह अनुशारको व्यवहार गरेको भन्दै स्थानीय तहका कर्मचारीले निजामति सेवा दिवस समेत नमनाउने निर्णय गरेका गरेका थिए । स्थानीय तहका कर्मचारीले सम्पुर्ण तहमा कार्यरत कर्मचारीलाइ समान दृश्टिकोणले हेर्ने खालको एकिकृत निजामति सेवा एन ल्याउन माग गरेका छन । यसैगरी देशैभरका स्थानीय तहका कर्मचारीहरुले देशैभर बाट एक सयुक्त विज्ञप्ती निकाल्दै स्थानीय तहका कर्मचारीलाइ पनि निजामती कर्मचारीको परिभाषामा उल्लेख गर्न माग गरेका थिए । भाद्र २२ गते हातमा कालोपट्टी बाधेर काम गरेका स्थानीय तहका कर्मचारीहरुले निजामति कर्मचारीको परिभाषामा नसमेटिए सम्म निजामती सेवा दिवस नमनाउने भन्दै विज्ञप्ती समेत निकालेका थिए । साथै कर्मचारीहरुले स्थानीय तहका सम्पुर्ण कर्मचारीलाइ निजामती कर्मचारीको परिभाषामा समेटिने गरि एकिकृत निजामती सेवा एन जारी गर्न माग गरेका छन । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा वृद्धि विकास सरुवा वढुवा लगायतका विषयमा कुनै सुनिश्चितता नभएको तथा नयाँ प्रस्तावित ऐनको मस्यौदामा समेत स्थानीय तहका कर्मचारीलाइ निजामतीको परिभाषामा नराखेको हुँदा निजामती सेवा ऎनको सट्टा एकीकृत निजामती सेवा ऎन ल्याउन कर्मचारीले माग गरेका हुन ।

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation