निजामती कर्मचारी संगठन द्वारा भुकम्प प्रभावित जिल्लामा राहत रकम हस्तान्तरण

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय केन्द्रिय कार्यसमितिले भुकम्प पीडितका लागि जाजरकोटमा चेक हस्तान्तरण गरेको छ । भुकम्पबाट भएको क्षतिमा मलमपट्टि स्वरुप चेक हस्तान्तरण गरिएको सगठ्नका अध्यक्ष लेखनाथ कोईरालाले जानकारी दिनुभयो । देशैभर बाट सकलन भएको रकम जाजरकोट र रुकुम पश्चिममा हस्तान्तरण गर्ने गरि सगठनले बिपद व्यवस्थापन कोषमा रकम सकलन भएको र सोही बमोजिम चेक हस्तान्तरण गरिएको सगठका उप महासचिव आर सि अधिकारीले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठनले कर्मचारीको पेशागत हक अधिकार प्राप्ति सङ्गै अन्य रचनात्मक क्रियाकलाप समेत संचालन गर्दै आएको छ ।  नेपाल निजामती कर्मचारी सगठनले जाजरकोटमा छ लाख पचहत्तर हजार र रुकुम पश्चिममा चार लाख पचहत्तर हजार रुपैया गरि जम्मा एघार लाख पचास हजार रुपैयाको चेक हस्तान्तरण गरिएको उपाध्यक्ष रेवन्त गौतमले जानकारी दिनुभयो । चेक हस्तान्तरण कार्यक्रममा केन्द्रिय कार्यसमितिका पदाधिकारी कर्णाली प्रदेश कार्यसमितिका महासचिव राजेश आचार्य सहितका पदाधिकारी जाजरकोट जिल्ला कार्यसमितिका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेस सुनार लाई चेक हस्तान्तरण गर्दै राहत रकमलाई पीडित समक्ष न्यायपुर्ण तरिकाबाट वितरण गर्न सगठनले अनुरोध गरेको छ ।

 

 

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation