लोकसेवा आयोगले सबैभन्दा धेरै लोकसेवाको परिक्षा पास गर्ने गुल्मी जिल्ला रहेको जनाएको छ । लोकसेवा आयोगले राष्टपति कार्यालयमा पेश गरेको प्रतिवेदनमा लोकसेवा आयोगले लिएका परिक्षा पास गर्नमा सबैभन्दा अगाडी गुल्मी जिल्ला रहेको तथ्य सार्वजनिका भएको हो । लोकसेवा आयोगले अशोज ४ गते शुक्रबार आफ्नो बार्षिक प्रतिवेदन राष्टपति समक्ष पेश गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ । प्रतिवेदनमा उल्लेख गरे अनुशार सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने पहिलो जिल्लामा गुल्मी परेको छ । गुल्मीबाट सबैभन्दा बढि १०४ जना उम्मेदवार सिफारिस भएका छन । त्यसैगरि दोस्रोमा स्याजा रहेको छ जहाँबाट १०२ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन । त्यसैगरि सर्लाहीबाट ९९ जना सिफारिस भएका छन भने धुनषा जिल्लाबाट ७८ जना सिफारि भएका छन । सबैभन्दा कम रसुवा जिल्लाबाट १ जना सिफारिस भएको लोकसेवा आयोगले जनाएको छ । निरन्तरकाे मेहनत र अथक परिश्रमले लाेकसेवा पास गर्न सकिने लाेकसेवाकाे परिक्षा पास गरेका कर्मचारीहरूले जनाउने गरेका छन ।
लोकसेवामा आकर्षण गुल्मी जिल्लाको पहिले देखि नै रहेकाे पाइन्छ । निजामती सेवाकाे सबैभन्दा उच्च पद मुख्य सचिव देखि थुप्रै मन्त्रालयमा सचिव सम्म गुल्मीले पाइसकेको छ । विगतका आर्थिक बर्षमा मात्रै होइन पछिल्लो समयमा र नयाँ पुस्तामा पनि लोकसेवा आयोग प्रतिको आकर्षण उस्तै रहेको छ । मेहनत लगनशिलता र निरन्तरको प्रयासले लोकसेवा आयोगले लिएको परिक्षा पास गर्न सकिने लोकसेवा पास गरेको अधिकृतहरु बताउछन । नेपालमा सबैभन्दा विश्वाशिलो सस्थाको रुपमा लोकसेवा आयोगले आफ्नो गरिमा कायम राखेको छ । लोकसेवा आयोगले आफ्नो ६५ औँ प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको हो ।
बार्षिक_प्रतिवेदनको_प्रेस_विज्ञप्ति_२०८१।६।४