
काठमाडौँ ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहअन्तर्गत नयाँ भर्ना खुला गरेको छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट योग्य नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त आह्वान गरिएको हो ।
सूचना अनुसार प्रहरी निरीक्षक २२ पद र प्रहरी सहायक निरीक्षक ४३८ पदका लागि भर्ना प्रक्रिया सुरु गरिएको छ। इच्छुक उम्मेदवारहरूले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
दरखास्त दिने म्याद प्रहरी निरीक्षकका लागि २०८२ असोज ८ गतेसम्म र प्रहरी सहायक निरीक्षकका लागि २०८२ असोज ८ गतेसम्म तोकिएको छ ।











