
काठमाडौँ ।
लोक सेवा आयोगले नेपाल विद्युत प्राधिकरणअन्तर्गत प्रशासन सेवा तथा खुला–समावेशी तर्फका विभिन्न विज्ञापन नम्बर, समूह/उपसमूह तथा पदका तह ७ का लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
प्रकाशित नतिजामा समावेश उम्मेदवारहरूको रोल नम्बर, नाम, थर तथा कोटा समूह अनुसारको विवरण उल्लेख गरिएको छ । छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ता तथा आवश्यक प्रक्रिया पूरा गर्न आयोगको सूचनामा उल्लेख भएअनुसार तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ ।











