।ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौँ ।

नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की प्रहरी सेवा अधिकारीमध्ये पहिलो डिआईजी थिए ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो ।

नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना कार्यरत छन् भने ३ जना बाहिर छन् ।

प्रहरी मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग र प्रदेश समन्वय विभागमा एआईजी कार्यरत छन् । त्यस्तै, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय भने हाल प्रमुखबिहीन छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation