
काठमाडौँ ।
मिस युनिभर्स २०२५’ को उपाधि मेक्सिकोकी फतिमा बोसले जितेकी छन् । प्रतियोगिताको फिनाले थाइल्यान्डमा सम्पन्न भएको थियो । २५ वर्षीया बोसले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।
यसअघि फतिमा प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले गाली गरेपछि चर्चामा आएकी थिइन् । सो घटनाले विश्वको ध्यान तानेको थियो र उनी प्रशंसकको मनपर्ने प्रतियोगी बनेकी थिइन् ।
उक्त विवादको समर्थनमा अन्य मुलुकका सुन्दरी प्रतियोगिताबाट बाहिरिएका थिए । विवादको एक सातापछि प्रतियोगिताका निर्णायकमध्ये दुई जनाले राजीनामा दिएका थिए ।
त्यसपछि प्रतियोगिता अगाडि बढेको थियो । यस वर्षको प्रतियोगितामा थाइल्यान्डकी प्रविनर सिंह दोस्रो भएकी छन् । यस वर्ष प्रतियोगितामा १२० देशका प्रतिनिधि सहभागी भएका थिए । यो मिस युनिभर्सको ७४औँ संस्करण हो ।
नेपालबाट सान्या अधिकारीले प्रतिनिधित्व गरेकी थिइन् । तर नेपालले अन्तिम ३० मा समेत स्थान बनाउन सकेन । साथै, नेपालको नेसनल कस्ट्युमले पनि अपेक्षित चर्चा पाउन सकेन ।












