विराटनगर आइसीपी सञ्चालनका लागि १९ पदमा कर्मचारी माग

काठमाडौँ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको छ ।

नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपीलाई समितिकै व्यवस्थापनबाट सञ्चालन गर्नु पर्ने भएकाले अस्थायी दरबन्दीका पदहरू खुला प्रतियोगितामार्फत भर्न आवेदन माग गरिएको समितिले जनाएको छ ।

बिहीबार सार्वजनिक विज्ञापनअनुसार पाँचौँ तहका ४ वरिष्ठ सहायक, चौथो तहका ३ फोरमेन, ११ कार्यालय सहायक, एक प्लम्बर तथा एक हलुका सवारी चालक/फोर्कलिफ्ट अपरेटरसहित गरी कुल १९ पदका लागि दरखास्त आह्वान गरिएको छ ।

सहायक तहमा आवेदन दिने उम्मेदवारले १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । सूचनामा मंसिर १९ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation