टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने

काठमाडौँ ।

नेपाल टेलिकमले पुरानो महशुल बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने घोषणा गरेको छ ।

टेलिकमले आज सूचना जारी गर्दै, दूरसञ्चार सेवा उपभोग गरेबापतको आव ०७९/८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गतेदेखि आगामी माघ मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट हुने जानकारी दिएको छ ।

अन्यथा त्यस्ता ग्राहकको नामावली पत्रिकामा प्रकाशन गरिनेछ भने कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने टेलिकमले चेतावनीसहित जनाएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation