कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा विज्ञापन प्रकाशन स्थगित

काठमाडौँ । 

कर्णाली प्रदेश लोक सेवा आयोगले यस आर्थिक वर्षको विज्ञापन प्रकाशन हालका लागि स्थगित गरेको छ ।

आयोगले २०८२/०८३ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार निजामती सेवा र स्थानीय सेवाका पदहरू (अप्राविधिक र प्राविधिक) का लागि २०८२ सालको अन्त्यसम्म विज्ञापन प्रकाशन गर्ने तयारी गरेको थियो ।

तर आवश्यक कार्य सम्पादन नहुँदा सो विज्ञापन प्रकाशन रोकिएको आयोगले जनाएको छ । आगामी बैठकको निर्णयपछि मात्र नयाँ मिति तय हुने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation